सरकारी स्कुलका विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा

- कास्कीकोटस्थित वसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवं न्यानो कपडा

बाबा फाउन्डेसन नेपाल, रोटरी क्लब अफ पोखरा न्युरोड र इनरह्वील क्लब पोखरा न्युरोडले पोखरा महानगरपालिका २४ कास्कीकोटस्थित वसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री एवं न्यानो कपडा वितरणगरेका छन् ।

शुक्रबार विद्यालयमा आयोजित समारोहमा बाबा फाउन्डेसन नेपाल सचिव टंकराज अधिकारी, रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेल र इनरह्वील क्लबन्युरोड पोखराका अध्यक्ष लक्ष्मी बस्नेत अधिकारी लगायतकाले ९२ जना छात्रछात्रालाई झोला, कपी, कलम र स्वीटर वितरण गरेका छन् ।

रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेलले मानवीय सेवा कार्य अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा शैक्षिक सामग्री वितरण गरी अध्ययनमा सहयोग पु¥याउन चाहेको बताए ।

बाबा फाउन्डेसन नेपालका सचिव टंकराज अधिकारीले फाउन्डेसनले सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयलाई ध्यानमा राखी स्थानीय स्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्य सञ्चालन गरिरहेको बताए ।

इनरह्वील क्लब न्युरोड पोखराका अध्यक्ष लक्ष्मी बस्नेत अधिकारीले सामुदायिक विद्यालयमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर नेपाली, प्रधानाध्यापक भीमप्रसाद सुवेदी, विद्यार्थी सम्भावित बस्ताकोटी लगायतले बोलेका थिए ।