हेमजा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि हेमजाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ८० जना बिरामीको जाँच भएको छ ।
कास्की सेवा हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा डा. पदमबहादुर खड्का, डा. बुद्धिसागर लामिछाने, डा. असीम सुवेदी, डा.अभिषेक श्रेष्ठ, डा. टीका गुरुङ, डा.मुकुन्द तिमिल्सिना, डा. सुरेश आचार्य र डा. देवेन्द्र पालिखेको टिम खटिएको थियो।
शिविरमा औषधी, एक्सरे, प्रयोगशाला परीक्षण र इसिजी निशुल्क गरिएको थियो। कास्की सेवा हस्पिटलको व्यवस्थापनमा हेमजा हस्पिटल सञ्चालनमा आएको हो ।
पोखरा २५ हेमजाका वडाध्यक्ष शोभाकर तिमिल्सिनाले गाउँमै स्थापना भएको हस्पिटलबाट यहाँ र यस वरपर रहेकालाई उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे।
नेपाल रेडक्रस सोसाईट कास्की शाखा उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले स्वास्थ्य शिविरले यस क्षेत्रका वासिन्दा लाभान्वित भएको बताए।
हेमजा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि हेमजाका व्यवस्थापक गजेन्द्र थापको अध्यक्षतामा भएको कार्यक्रममा फार्मेसिस्ट अमृत थापाले स्वागत र फार्मेसिस्ट अमृता अधिकारीले सञ्चालन गरेकी थिइन्।