राखेपमा ३ सदस्य थपिए

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा रिक्त ३ सञ्चालक समिति सदस्य नियुक्त गरेको छ ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो ।

युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि ३ सदस्य पद खाली थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिसमा परिषद्मासदस्य नियुक्त गरिएको हो ।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकुदमा सक्रिय छन् । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल संघको केन्द्रीय सदस्य छन् । बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन् ।