जुर्मुरायो सांगीतिक कलाकार संघ

पोखरा सांगीतिक कलाकार संघ नेपालको तेह्रौं साधारणसभा तथा छैटौं अधिवेशनले सुनिल थापा(हर्कबहादुर)लाई अध्यक्ष चयन गरेको छ । कन्दरा ब्यान्डका ड्रमरसमेत रहेका संगीतकार थापालाई अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा संगीतकार तथा गायक सागर शाह (एनजे), वैकल्पिक उपाध्यक्षमा लेकाली ब्यान्डका भाइ गुरुङ (हर्कराज), सचिवमा गीतकार राजेन्द्र अधिकारी (अपूर्ण), सहसचिवमा डिमर्चा ब्यान्डका लिड भोकलिस्ट भास्करध्वज श्रेष्ठ र कोषाध्यक्षमा देउराली ब्यान्डका शान्तरत्न बज्राचार्य छन् ।

समितिका सदस्यमा खिम गुरुङ –पाय आली), तेज केसी (देउराली), आनन्दराज बज्राचार्य (गायक), अमित गुरुङ (कन्दरा ब्यान्ड) र इन्द्र गुरुङ (पखेरी ब्यान्ड) चयन भएका छन् । समितिको पहिलो बैठकले समितिका सदस्यमा बिनोद बानिया, प्राप्ति तुलाचन र बबी सुनारलाई चयन गरेको सहसचिव भास्करध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार १५ सदस्यीय कार्यसमितिमा बाँकी १ सदस्य पछि चयन गरिनेछ ।

समितिको सल्लाहकारमा साहित्यकार तथा गीतकार तीर्थ श्रेष्ठ, एसके साउन्ड सिस्टमका शेरबहादुर गुरुङ, बार डिजिटलका सञ्चालक बुद्धराज बज्राचार्य, विष्णुकुमार श्रेष्ठ (अल्पविराम) र हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई चयन गरेको छ ।
समितिले अफिसियल पत्रकारमा सन्देश श्रेष्ठ र सुरज श्रेष्ठलाई अफिसियल फोटोग्राफरमा चयन गरेको छ ।