
चलचित्र बुलबुल युनिटले ‘खुद्राखाद्री’ बोलको गीत सार्वजनिक गर्ने तयारी गरेको छ । टेम्पो ड्राइभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर ‘फ्लास मुब’ शैलीमा चलचित्र बुलबुल चर्चामा रहेको दाबी गरिएको छ ।
५ सहरमा एकसाथ प्रदर्शन गर्ने तयारीमा जुटेको फिल्म युनिटले काठमाडौं मल, पोखरा चिप्लेढुंगा, बुटवल ट्राफिक चोक, नारायणघाट नारायणी किनार र बिर्तामोड हनुमान कम्प्लेक्समा १५ गते एकैसाथ सार्वजनिक गर्ने तयारीमा जुटेको आयोजकले जनाएको छ ।
करोड क्लबका कोरियोग्राफर विराज गहतराजले बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत रमाइलो माहोलमा सकिएको भन्दै नयाँ उचाइ थप्ने आशा व्यक्त गरेका छन् । निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको गीतको लेखन र संगीत कोशिस क्षेत्रीको रहेको छ ।
चलचित्रका निर्देशक विनोद पौडेलले पटकपटक बुलबुल चलचित्रमार्फत स्वस्तिमा खड्काको अभिनयमा नयाँ प्रस्तुतिसँगै नयाँ कलाकारको उपस्थितिमा चलचित्र उद्योगले फड्को मार्ने दाबी गरेका छन् ।