स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा गरेको छ । सभामा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले सहकारी विधेयक छिट्टै पास गरी कृषि क्षेत्रमा काम गर्नेहरुका लागि अवसरहरु प्रदान गर्न आफू लागि परेको बताए । ‘यही क्षेत्रको जनप्रतिनिधी भएको हिसाबले जनताका समस्याहरुलाई उठान गर्दै आएको छु,’ उनले भने ।
सांसद थापाले खेतीयोग्य जमिनलाई उत्पादनमुलक बनाउनु पर्नेसमेत जोड दिँदै सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाको कृषि शाखाका प्रमुख मनहर कडरियाले महानगरपालिकाको उद्देश्य पोखरालाई स्वच्छ, सफा, हराभरा बनाउने रहेको बताए । उनले राज्यबाट उपलब्ध हुने अनुदान कार्यक्रमलाई सहकारीहरुले चासोका साथ अवलम्बन गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा पोखरा १७ का कार्यवाहक अध्यक्ष राधिका शाही योगीले वडालाई अगाडि बढाउन कार्ययोजनासमेत बनाएको जानकारी दिइन् । ‘वडाबाट कृषि सञ्जालको निर्माण भएको र उक्त सञ्जालमा सहकारी सदस्यहरु समावेश भएर कृषि क्षेत्रलाई उकास्नु पर्छ,’ उनले भनिन् ।
सहकारीका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ, कास्कीका उपाध्यक्ष बिमला भण्डारीले संस्थालेसहकारीका ७ सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढेको बताइन् । कार्यक्रममा अध्यक्ष लक्ष्मण कार्कीले आर्थिक वर्ष ०७४÷०७५ को संस्थाको प्रगति विवरण तथा चालु अािर्थक वर्ष २०७५÷०७६ सालमा लिइने नीति तथा संचालन गरिने कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरे । संस्थाका सचिव कृष्णबहादुर थापाले आर्थिक वर्ष ०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।