पोखरा माउन्टेन भ्यु सिटीको रक्तदान

लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यु सिटीले आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ पि एम सी सी दीपक श्रेष्ठले पहिलो रक्तदाता क्लबका प्रथम उपाध्यक्ष बलराम आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए ।

क्लबका अध्यक्ष टिकाराम सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लबका कोषाध्यक्ष रेवत बज्राचार्य, रिजन चियर पर्सन शिवकुमार श्रेष्ठ, जोन चियर पर्सन दीपकराज घिमिरे, मीनराज काफ्ले लगायतले कार्यक्रमबारे प्रष्ट्याएका थिए । रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महादेव पोख्रेलले रक्तदानको महत्वबारे जानकारी गराए ।