सूचना प्रबिधिको बिकाससंगै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता,सम्पति कर, भूमिकर लगायत राजस्वको नगदी रसिद कम्पयुटरकृत र अनलाइन पद्दतिबाट सुरु गरेको छ । भौगोलिक विकटताका बाबजूद २०७४।०७५ मै ६ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेटको विस्तार संगै सम्पूर्ण वडा कार्यालयहरुमा अनलाइन पद्दतिबाट कामहरु सुरु भएका छन्।
स्थानीय जनतालार्इ छिटो,छरितो र भरपर्दो सेवा प्रवाह गर्न,संस्थागत स्मरणलार्इ चुस्तराख्न पेपरलेस र अनलाइन पद्दतिमा काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश पौडेलले जानकारी गराउनुभयो ।सुचना प्रविधि अधिकृत सुसिल के.सीका अनुसार अहिले गाउँपालिका र प्रत्यक वडा कार्यालयमा फाइबर इन्टरनेट जडान, सामूहिक एस.एम.एस, डिजिटल नोटिस बोर्ड, सम्पति कर, भूमिकर लगायत राजस्वको नगदी सफ्टवयर लगायत अन्य सूचना प्रवधिका पुर्वाधार बिकास भएका छन् ।
कर्मचारीहरुलार्इ ३ दिने तालिम सञ्चालन गरी कम्पयुटरकृत र अनलाइन पद्दतिबाट काम गर्न सहज गराइएको छ । यसरी अनलाइन पद्दतिमा काम गर्न कर्मचारीहरु यसको लागि दक्षता हासिल गर्दै गरेका पनि छन् । गाउँपालिकाको सूचना र गतिबिधि वेबसाईट www.arjunchauparimun.gov.np मा अपडेट गर्ने गरिएको छ भने चाँडै नै मोबाइल एप पनि सञ्चालनमा ल्याइने के.सी ले बताउनुभयो ।हातले लेख्नु नपर्ने अनि फाइल पनि दराज राख्न निकाल्न नपर्ने सबै कम्पयुटरमा राखे हुने काम एकदम सरल भएको,विभागमा रिपोट पठाउन नपर्ने ,काम एकदम छिटो भएको अनुभव ३ नं वडा कार्यालय सचिव नारायण पौडलले जानकारी दिनुभयो।
अनलाइन पद्दतिबाट काम गर्दा पारदर्शि र छिटो सेवा हुने भएकाले नेपालका प्रत्यक ठाउँमा सूचना प्रबिधिको प्रयोग गर्न आवश्यक रहेको अर्जुनचौपारी गाउँपालिका वडा नं १ का अध्यक्ष चित्र बहादुर विष्ट बताउनुभयो ।
कार्तिक ५ गते सोमबार वडा नं ज्ञको कार्यालयमा सेवाग्राही लोकेन्द्र बहादुर थापाले अनलाइन प्रणालीमार्फत घटना दर्ता गरी प्रमाणपत्र पाउँदा र सूचना फारम प्रिन्ट भएर आएको देख्दा खुसी लागेको सुनाए।यसरी सूचना प्रबिधिको विकास संगै कर्मचारीलार्इ कार्यसम्पादन गर्न सजिलो भएको छ भने, जनतालार्इ समयको वचत तथा सेवा प्रप्त गर्न समेत सहज भएको छ