
नेपालीहरु विच ऐक्यवद्धता खेलकुदको आवश्यकता भन्ने मूल सन्देश सहित अष्ट्रेलियाको सिड्नीमा नेपाली खेलाडीहरुका विच भलिबल प्रतियोगिता हुने भएको छ ।पोखरा भलिबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यही अगष्ट २८ र नोभेम्बर ४ मा हुनेछ ।
अष्ट्रेलियन नेशनल स्पोर्ट क्लव पन्चवल रोड लेकम्बामा हुन गैरहेको यो प्रतियोगितामा नेपाली समुदायका आठ टीम सहभागी हुने प्रतियोगिताका संयोजक अर्जुन गुरुङले जानकारी दिएका छन् ।ग्लोबल कन्सल्टको प्रस्तुति र होम्स कलेजको मुख्य प्रायोजनमा हुने यो प्रतियोगिता विश्व भलिबल महासंघको नियम अनुसारनै विदेशी रेफ्रीसंग सहकार्य गरी खेलाइने राष्ट्रिय रेफ्रीद्वय राजकुमार अधिकारी र चकमान पुनले बताए ।प्रतियोगितामा विजेता, उपविजेता , अनुशासित टीम र उत्कृष्ट खेलाडीहरुलाई नगद, ट्रफी, खसी लगायतका पुरस्कार प्रदान गरिने संयोजक गुरुङले जानकारी दिए ।
यसअघि पनि पोखरा भलिबल क्लबले भलिबल प्रतियोगिता गर्दै आएको थियो ।