टिपनटापन

गैँडाको आक्रमणबाट ४ महिला घाइते

गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका छन् । गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती सावद र ३३ वर्षीया सुशीला उपाध्याय घाइते भएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । घाइतेलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीले आजदेखि तीन दिनका लागि खर कटाइ खुला… पुरा पढौ

पुसमै फूल्यो लालीगुराँस

लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फुल्न थालेको स्थानीय बुढापाकाको भनाइ छ । तीस वर्षको औसत हावापानीमा हुने… पुरा पढौ

धेरैले मन पराउने महिला बनिन्:मिसेल

अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामा धेरै अमेरिकनले मन पराउने महिला बनेकी छन् ।  १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल पहिलो नम्बरमा पुगेकी हुन् । गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गरेर संसार भरिका कुन महिला र पुरूष तपाईंलाई धेरै मन पर्छ भनी अमेरिकनलाई सोध्ने गर्छ । सन् १९७६ बाहेक हरेक वर्ष उसले धेरै अमेरिकनले… पुरा पढौ

१८ छोराछोरी भएको बस्तीमा २ सन्तानको रहर

कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखा परिन् । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन् । “धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भनिन्, “दुई सन्तान, ईश्वरका… पुरा पढौ

चौरीपालन र सामुदायीक लज चलाएर शिक्षकलाई तलब

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका निजी स्रोतबाट शिक्षकको तलबका लागी चौरी र सामुदायीक लज सञ्चालन गरिएको छ । पाउद्धारस्थीत खोप्रालेखमा रहेको समुदायीक लज समुदायको सक्रियतामा पालन गरिएको चौरीको आम्दानीले विद्यालयका शिक्षकका लागि तलवका लागी खर्च गरिदै आएको छ । चौरीको आम्दानी भने ६०प्रतिशत पाउद्धार माविमा खर्च गरिन्छ । ४० प्रतिशत हिमालञ्चल माविका लागी खर्च गरिदै आएको छ। चौरी पालन… पुरा पढौ

अब २२ तले धरहरा यस्तो बन्नेछ

१२ वैशाख २०७२ मा भत्किएको धरहरा पुन र्निर्माणको आज औपचारिक शिलान्यास हुँदैछ । पुन निर्माणको काम महिना दिन अघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुन र्निर्माणको औपचारिक शिलान्यास गर्दैछन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुन र्निर्माणका लागि उपलब्ध… पुरा पढौ

हलिउडस्टार साइरसले गरिन् गोप्य विवाह

हलिउडस्टार माइली साइरसले विवाह गरेकी छन् । उनले प्रेमी लियाम हेम्सवर्थसँग यही क्रिसमसको अवसरमा आफ्नो नयाँ निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ । लियामका निकटस्थ साथी कन्राड करले उनीहरुको विवाह समारोहको तस्बिर नै सार्वजनिक गरेर यसको जानकारी दिएका थिए । ‘मिस्टर एण्ड मिस’ लेखिएका बेलुन झुण्ड्याउँदै घरभित्र माइली र लियामले केक काट्दै गरेको तस्बिर सार्वजनिक गरिएको हो । समारोहमा लियामका दाजु क्रिस हेम्सवर्थ पनि उपस्थित छन् । ती तस्बिर… पुरा पढौ

छुँदा पोल्ने सिस्नु स्वास्थ्यका लागि यति धेरै फाइदा

 हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नु अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुराँहरूमा महङ्गो खानाको परिकार मध्येमा पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नु अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रुपैयाँ बराबरको बिक्री हुन थालेको छ। गोर्खा, सिन्धुपाल्चोक, दोलखा लगायत… पुरा पढौ

सोच ठूलो भएपछि काम सानो हुँदैन

बढ्दो बेरोजगारी सँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भने अनुसार रोजगारी नपाउँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छभनी विभिन्न किसिमका काम गर्ने युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् । कामलाई सानो ठूलो होइन सफलतापूर्वक… पुरा पढौ

कुखुराको खुट्टा भाँच्दा ४ दिन हिरासतमा !

कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं