ताजा समाचार

टिपनटापन

पानिको अभाव भएपछि पानि थाप्नेको लर्काे

यासोक बजारमा एका बिहानै पानी छोडेको आवज गुन्जिन्छ । जाडोमा बिहान अबेर उठ्नेहरु हतार हतार रित्ता ड्रम, ग्यालिन र गाग्रो बोकेर दौडिदै पानीको धारामा पुग्छन, र तछाड मछाड गर्दै एक पछि अर्को गर्दै पानी थाप्न थाल्छन । केही ड्रममा भएको पानी खाली गर्न धमाधम लुगा धुदै गरेको देखिन्छ । केही दिन यता पाँचथरको सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकामा खानेपानी अभावमा काकाकुल बनेको कुम्मायकवासीले डिप बोरिङबाट निकालिएपछि राहतको महसुस गरेका छन ।… पुरा पढौ

पुस २७ र २८ मा थारू महोत्सव

थारू समुदायको मुख्य पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ । यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन उक्त जिल्लास्थित थारू कल्याण कारिणी सभाका सभापति भुवन चौधरीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । थारू समुदायको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा मघौटा नाचको विशेष… पुरा पढौ

गैँडाको आक्रमणबाट ४ महिला घाइते

गैँडाको आक्रमणबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खर काट्न गएका बेलडाँडी गाउँपालिका–२ का चार महिला घाइते भएका छन् । गैँडाको आक्रमणबाट बेलडाँडी गाउँपालिका–२ का ३७ वर्षीया सीता उपाध्याय, ६० वर्षीया दुर्गादेवी उपाध्याय, ३८ वर्षीया सरस्वती सावद र ३३ वर्षीया सुशीला उपाध्याय घाइते भएको कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । घाइतेलाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीले आजदेखि तीन दिनका लागि खर कटाइ खुला… पुरा पढौ

पुसमै फूल्यो लालीगुराँस

लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फुल्न थालेको स्थानीय बुढापाकाको भनाइ छ । तीस वर्षको औसत हावापानीमा हुने… पुरा पढौ

धेरैले मन पराउने महिला बनिन्:मिसेल

अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामा धेरै अमेरिकनले मन पराउने महिला बनेकी छन् ।  १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल पहिलो नम्बरमा पुगेकी हुन् । गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गरेर संसार भरिका कुन महिला र पुरूष तपाईंलाई धेरै मन पर्छ भनी अमेरिकनलाई सोध्ने गर्छ । सन् १९७६ बाहेक हरेक वर्ष उसले धेरै अमेरिकनले… पुरा पढौ

१८ छोराछोरी भएको बस्तीमा २ सन्तानको रहर

कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखा परिन् । उनको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुगेकी हुन् । “धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उनले भनिन्, “दुई सन्तान, ईश्वरका… पुरा पढौ

चौरीपालन र सामुदायीक लज चलाएर शिक्षकलाई तलब

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका निजी स्रोतबाट शिक्षकको तलबका लागी चौरी र सामुदायीक लज सञ्चालन गरिएको छ । पाउद्धारस्थीत खोप्रालेखमा रहेको समुदायीक लज समुदायको सक्रियतामा पालन गरिएको चौरीको आम्दानीले विद्यालयका शिक्षकका लागि तलवका लागी खर्च गरिदै आएको छ । चौरीको आम्दानी भने ६०प्रतिशत पाउद्धार माविमा खर्च गरिन्छ । ४० प्रतिशत हिमालञ्चल माविका लागी खर्च गरिदै आएको छ। चौरी पालन… पुरा पढौ

अब २२ तले धरहरा यस्तो बन्नेछ

१२ वैशाख २०७२ मा भत्किएको धरहरा पुन र्निर्माणको आज औपचारिक शिलान्यास हुँदैछ । पुन निर्माणको काम महिना दिन अघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुन र्निर्माणको औपचारिक शिलान्यास गर्दैछन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुन र्निर्माणका लागि उपलब्ध… पुरा पढौ

हलिउडस्टार साइरसले गरिन् गोप्य विवाह

हलिउडस्टार माइली साइरसले विवाह गरेकी छन् । उनले प्रेमी लियाम हेम्सवर्थसँग यही क्रिसमसको अवसरमा आफ्नो नयाँ निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ । लियामका निकटस्थ साथी कन्राड करले उनीहरुको विवाह समारोहको तस्बिर नै सार्वजनिक गरेर यसको जानकारी दिएका थिए । ‘मिस्टर एण्ड मिस’ लेखिएका बेलुन झुण्ड्याउँदै घरभित्र माइली र लियामले केक काट्दै गरेको तस्बिर सार्वजनिक गरिएको हो । समारोहमा लियामका दाजु क्रिस हेम्सवर्थ पनि उपस्थित छन् । ती तस्बिर… पुरा पढौ

छुँदा पोल्ने सिस्नु स्वास्थ्यका लागि यति धेरै फाइदा

 हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पङ्क्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नु अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुराँहरूमा महङ्गो खानाको परिकार मध्येमा पर्न थालेको छ । घरभित्र छिराउन मिल्दैन भनिने सिस्नु अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रुपैयाँ बराबरको बिक्री हुन थालेको छ। गोर्खा, सिन्धुपाल्चोक, दोलखा लगायत… पुरा पढौ