Featured News

कास्की २ (१)का उम्मेदवारले कुटे वृद्ध मतदाता

कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले शनिबार ७४ वर्षीय वृद्धलाई कुटपिट गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्म्देवार महतले पोखरा ३३ भरतपोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा मत माग्दै हिडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए । अधिकारीले भनेका थिए, ‘चुनावपिच्छे पार्टी फेर्दै आउँछौं, हामी के गरौं ?’ अधिकारीले यति भनेपछि महतले हातपात गरेका थिए । घटनाबारे प्रहरीलाई… पुरा पढौ

एमाले कार्यकर्ताले उम्मेदवारलाई बिरामी भेट्न पनि दिएनन्

स्थिर समयमा चुनाव प्रचारप्रचार गर्न पाइँदैन तर उम्मेदवारको सामान्य जनजीवनमा कुनै बन्देज हुँदैन । तर, कास्कीको क्षेत्र नं। ३ मा भने एमाले कार्यकर्ताले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई बिरामी भेट्नसमेत रोकेका छन् । शुक्रबार साँझ माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई एमाले कार्यकर्ताले अवरोध गरेका हुन् । बराल अन्नपूर्ण गाउँपालिका वडा नं। १ को भीरमुनिका माओवादी कार्यकर्ता नारायण भण्डारीकी बिरामी आमालाई भेट्न जाँदै थिए । गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका… पुरा पढौ

मौन अवधि पालना नगरे २५ हजार जरिवाना

निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले बताए। निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ। यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको… पुरा पढौ

गठबन्धनलाई मत माग्छु, भोट हाल्छुः कुमार खड्का

कांग्रेस नेता एवं गण्डकी प्रदेशका हालै बर्खास्त भएका मन्त्री कुमार खड्काले पाँच दलीय गठबन्धनलाई मत माग्ने र भोट हाल्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू कांग्रेस कार्यकर्ता भएकाले कांग्रेसकै झन्डा ओढेर मर्ने सुनाए । उनले भने, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका थिए । खड्कामाथि सत्ता गठबन्धन… पुरा पढौ

बिहीबार मध्यरातदेखि स्थिर समय, के गर्न गर्न पाइँदैन ?

निर्वाचन आयोगका अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहीबार ९मंसिर १० राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुने छ। यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेको भए पनि यसपटक आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको छ। ‘हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौँ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौँ। केही ठाउँमा यो भन्दाअघि… पुरा पढौ

चरित्र हत्या गरेर चुनाव जित्ने सपना नदेख्न चेतावनी

पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का साझा उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले आफूबिरुद्ध अर्नगल प्रचार नगर्न आग्रह गरेका छन् । प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार दामोदर बैरागी निकटका कार्यकर्ताले भ्रम छर्नका लागि बराल कालो सूचीमा परेको भनेर निर्बाचन आयोगको कार्यालयमा बुधबार उजुरी दिएको उनको दाबी छ । गण्डकीका अर्थमन्त्रीसमेत रहेका बराल कालोसूचीमा छैनन् । कर्जा नतिरेर कालो सुचीमा परेको भन्दै उजुरी गरेकोमा ऋण नतिरेमा कालो सूचिमा राख्ने आधिकारीक संस्था कर्जा… पुरा पढौ

बागलुङबाट को–को पुग्लान् गण्डकी प्रदेशसभामा ?

बागलुङ, ३० कात्तिकसंविधानले निदृष्ट गरे बमोजिम दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा संगै प्रदेशसभा सदस्यको चुनाव आइतबार हुँदैछ । प्रदेशसभाका चार सिटका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । मतदान नजिकिँदै गर्दा चुनाव कस्ले जित्ला भन्ने चासो र विभिन्न आँकलन भइरहेका छन् । चुनावमा मुख्य प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार देखिएका छन् । साना दल र… पुरा पढौ

पोखरा २१ का डेढ सय जना एमाले छाडेर माओवादी केन्द्रमा

आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सयभन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छाडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गरेका हुन् । माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भ¥याङ् मात्रै बनाएको भन्ने छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका… पुरा पढौ

पोखरा २३ को विकासमा गठबन्धनको प्राथमिकता, बाटो र कोल्ड स्टोर निर्माण

पोखरा, २५ कात्तिक आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर, खोरपाखा चनौटे लगायतका स्थानमा पुगेका उम्मेदवाहरुले मतदातासँग आफुहरुको प्राथमिकतामा सडक र कोल्ड स्टोर रहेको बताएका हुन् । प्रतिनिधिसभा उम्मेदवार रामजीप्रसाद बरालले आफु र नेता खिमलाल देवकोटाको… पुरा पढौ

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं