शिक्षा

विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले रोजगारको अवसर सृजना गरी आत्मनिर्भर बनाउनको लागी गण्डकी प्रदेश सरकारले सिप विकास तालिम केन्द्र सँगको समन्वयमा विभिन्न १२ प्रकारका तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो । शनिवार स्वतन्त्र शैक्षिक परामर्श सङ्घ गण्डकी प्रदेशको सातौँ साधारण सभाको उद्धघाटान गर्दै मन्त्री थापाले अध्ययनका लागी विदेश जाने मात्र नभई विदेश बाट अध्ययन गर्न नेपाल आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालको रमणीय प्राकृतिक बातावरण तथा… पुरा पढौ

गुप्तेश्वर क्याम्पस- द्रब्यशाह क्याम्पसबिच सहकार्य

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पस, गोर्खा विच सहकार्य सम्बन्धी सम्झौता भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको उक्त सम्झौतामा दुवै क्याम्पस विच अनुसन्धानको क्षेत्र, गुणस्तरी शिक्षा, असल अभ्यासको कार्यान्वयन, विभिन्न गोष्ठि तथा तालिमको आयोजना सम्बन्धी सहकार्य गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराल साथै द्रब्यशाखा बहुमुखी क्याम्पसको तर्फबाट उपाध्यक्ष मोहन प्रसाद पोख्रेल… पुरा पढौ

छोरेपाटन स्कुलको ४७ औं वार्षिकोत्सव

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार भयो । कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टि विद्यालयप्रति अभिभावकको विश्वास एवं विद्यार्थी आकर्षणले भएको उल्लेख गरे । मेयर आचार्यले पातले छाँगोका विषयमा विद्यालय र महानगरबीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे । वडाध्यक्ष राधिका शाही… पुरा पढौ

गण्डकी बहुप्राविधिकमा स्वागत र बिदाइ

गण्डकी बहुप्राधिक शिक्षालयमा २०८२÷८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०७९÷८० मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिको साझेदारीमा सञ्चालित छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा महानगरले योगदान गरिरहेको जनाए । सिटिईभिटीका उपनिर्देशक डा मिना भट्टले प्राविधिक शिक्षाले नयाँ… पुरा पढौ

३० जनालाई पुस्तकालय व्यवस्थापन तालिम

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न उक्त तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्थाहरु पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा वन विज्ञान अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस उच्च अदालत पोखरा, उच्च अदालत पोखरा, बागलुङ इजलास, राजस्व न्यायधिकरण पोखरा, पोखरा… पुरा पढौ

शिक्षा क्षेत्रमा नाम मात्रको प्रभाव

नेपालमा शिक्षा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले विभिन्न संघसंस्था दर्ता भएका छन्। तर यी संस्था मध्ये कतिपयले आफ्नो मूल उद्देश्य पूरा नगरी, केवल औपचारिकता र आर्थिक असुलीमा सीमित रहनु चिन्ताजनक विषय बनेको छ। यस्ता संस्था मध्येको एक हो मण्टेश्वरी एसोसिएशन। विद्यालय–अभिभावक विवादमा मौनअध्ययन र अनुसन्धानले देखाएको छ कि मण्टेश्वरी एसोसिएशन जस्ता संघसंस्था सामान्यतया विद्यालयबीच हुने विवाद समाधान, विद्यार्थी सार्ने प्रक्रिया, वा अभिभावकका समस्या समाधानमा सक्रिय हुँदैनन्। उदाहरणका लागि, विद्यालयले… पुरा पढौ

पोखरामा सिआइसी एजुकेसन हबको शाखा

शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञचालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो । वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई लक्षीत गरी क्यारियर काउन्सेलिङ, भिषा आवेदन, भाषा शिक्षण तथा भिषा आवेदनसम्बन्धी गरिने दस्तावेजीकरण सेवा दिइने सिआइसीका निर्देशक राजेश अधिकारीले जानकारी दिए । क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके, न्युजल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्यायनका लागि… पुरा पढौ

‘‘जनप्रियको पर्वतीय पर्यटन शिक्षा पोखराका लागि महत्वपूर्ण’

पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको सन्दर्भमा जनप्रिय बहुमुखी क्याम्पस, सिमलचौरद्वारा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीले पर्वतीय पर्यटन शिक्षामा जोड दिएका हुन् । अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने… पुरा पढौ

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन्। विद्यालयबाट १४६ जना परीक्षार्थीले… पुरा पढौ

कस्मिक कम्प्युटिङले खोल्यो एकेडेमी

पोखराको न्यूरोडमा रहेकाृ कस्मिक कम्प्युटिङ सोलुशनले दायरा विस्तार गरेको छ । एक दशक भन्दा बढी समयदेखि कम्प्युटरका सामान खरीदविक्री र मर्मत गर्दै आएको कस्मिकले अब कम्प्युर शिक्षासमेत दिने भएको छ । कम्प्युटरसँग सम्बिन्धत सबै तालिम दिन एकेडेमी सुरु गरिएको सञ्चालक पुरुषोत्तम कुँवरले बताए । एकेडेमीमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं