अधिकारकर्मी उमेश भारतमा सम्मानित

कास्कीका दलित अभियान्ता एवम् नयाँ पाइला पत्रिकाका प्रकाशक उमेश सिके भारतमा सम्मानित भएका छन् ।

भारतको उपप्रधानमन्त्री तथा साहित्यकार बाबू जगजिबन रामजीको ५३ औं अन्तर्राष्ट्रिय बिजय दिबस तथा २० औ अन्तर्राष्ट्रिय दलित सम्मेलनमा संस्थाले उमेशसहित विभिन्न अधिकारकर्मीहरुलाई सम्मान गरेको हो । लोकसभाकी पूर्व सभामुख डा मिरा कुमारले उनीहरुलाई सम्मान गरेकी हुन् ।

भारतीय लोक सभाका पूर्व सभामुख डा मीरा कुमारको अध्यक्षतामा भएको समाहरोहमा कार्यक्रम सामाजिक न्याय आधिकारिकता केन्द्रीय राज्यमन्त्री रामदासजी अठावाले, काङ्ग्रेस आईका प्रवक्ता डा अंशुल अविजित , सांसद सजना जाटवं लगायत उपस्थित थिए ।

प्रतिनिधि सभा सदस्य हर्कमाया विक, राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विक, संविधानसभा सभासद डिबी नेपाली, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, राजेन्द्र भवन ट्रष्टका निर्देशक प्रोफेसर अनिल मिश्र, नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विक,, प्राडा केएन खोवा, भारत नेपाल मैत्री संघका अध्यक्ष ओमप्रकाश विक लगायतले कार्यक्रममा बोलेका थिए ।

सम्मेलनमा नेपाली राजनीतिक, दलित तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नेहरुलाई भारतीय स्वतन्त्रता संग्रामका महत्त्वपूर्ण योद्धा तथा भारतीय सरकारका तत्कालीन उपप्रधानमन्त्री बाबू जगजीवन रामको सम्मानमा स्थापना गरिएका विभिन्न सम्मान, पदकहरुद्वारा विभूषित गरिएको थियो ।

Babu Jagjjwan Ram International Award 2024 बाट प्रतिनिधि सभा सदस्य हर्कमाया विक, राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विक, संविधानसभा सभासद डिबी नेपाली, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, ओमप्रकाश विक (नवलपरासी), होम नेपाली (कास्की), अर्जुनकुमार सुनाम ( स्याङ्जा), ,रघुवीर नेपाली (सुर्खेत), शंकर बस्याल (सिन्धुली), कुलबहादुर नेपाली (बाँके), बलबहादुर नेपाली (कास्की), शालिकराम गोतामे (कास्की) सम्मानित भएका थिए ।