लायन्स क्लब अफ पोखरा अन्नपूर्ण नाइसले पोखरा २० भलामका महिलालाई धूप बनाउन सिकाएको छ ।
लायन्स विथ लोकल वोमन कार्यक्रम अन्तर्गत बिहीबार भलामका ३३ महिलालाई निःशुल्क धूप बनाउने तालिम दिइएको हो । तालिममा शुभद्रा गुरुङले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा पोखरा २० का वाध्यक्ष गंगाबहादुर केसीले यस खालका कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्न सघाउने जनाए । लायन्स अन्नपूर्ण नाइस अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम डिष्ट्रिक्ट कोचिफ ३२५ जे सोनाम साङपो, गण्डकी एरिया चिफ सूर्य बराल, डिष्ट्रिक्ट आइटी चिफ दूधमान गुरुङ, एक्सटेन्सन चेयरपर्सन दुर्गाप्रसाद जोजिजू, अन्नपूर्ण नाइसकी सचिव लक्ष्मी गुरुङ र संयोजक यमुना तझ्या श्रेष्ठले बाेलेका थिए ।




