मध्यराति कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा गए राति १ बजेतिर कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । प्रस्याङको सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घर भई पोखरा–३, नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेका पुरुषको मृत्यु भएको हो । घटनापछि छन्त्याल र अर्का पुरुषलाई पश्चि क्षेत्रीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले कार प्रहरी नियन्त्रणमा रहेको र चालक फरार भएकाले खोजी भइरहेको जानकारी दिनुभयो ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।