मोर्चा बन्न सक्छ, माओवादीसँग एकता हुँदैनः विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक छलफल भइरहेको बताएका छन् । उनले माओवादी केन्द्रसँग एकता गरेर आफू महासचिव बन्न लागेको भन्ने हल्ला गलत भएको जनाए ।

उनले विचार मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा भने छलफल जारी रहेको सुनाए । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायतका शक्तिसँग मोर्चा बन्न सक्ने उनको भनाइ छ ।

‘विचार मिल्ने पार्टीसँग मोर्चा बनाउने छलफल चलेको छ । सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको महत्त्व के हो ? त्यसले देशलाई कहाँसम्म पुर्‍याउँछ भन्ने विषयमा छलफल चलिरहेको छ,’ उनले भने ।