एमाले सचिव टोपबहादुर र उनका छोराविरूद्ध पक्राउ पुर्जी

पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रायमाझीका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

टोपबहादुर अहिले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।
रायमाझीले आफू अर्घाखाँचीमा रहेको र पक्राउ पुर्जीबारे थाहा नभएको बताएका छन् ।

यस्तै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे आफैं प्रहरीमा उपस्थित भएका छन् ।