बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बहुमतको सरकार गठनका लागि मंगलबार आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न भनिएको छ । वैशाख १० गते एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन सुरु भएको हो ।

उपधारा २ बमोजिम बनेको सरकार ढलेपछि उपधारा ३ बमोजिम ठूलो दलको नेतृत्व सरकार गठन हुने कि २ अनुसारै हुने भन्ने अन्योल थियो । माओवादी केन्द्रले धारा ३ अनुसार सरकार गठनका लागि आह्वान भएमा विश्वासको मत नदिने चेतावनी दिएको थियो ।