बारा २ उपेन्द्रलाई पछि पार्दै जनमतको अग्रता

बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहले उछिनेका छन् । करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहले १०८ मतले अग्रता लिएका हुन् ।

कुशवाहले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ मा आइतबार सम्पन्न मतदानमा ६५ प्रतिशत अर्थात् ६८ हजार ८ सय ८६ मत खसेको छ