रविको ठाउँमा आफूलाई स्वतः विजयी घोषित गर्न उमेशको माग

चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

निर्वाचन परिणाममा उनी दोस्रो भएका थिए । श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई जानकारी दिने बताए ।

कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए ।

लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए । यता लामिछानेको रास्वपाले भने तत्काल सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेको छ ।