
म्याग्दीको प्रदेशसभा क्षेत्र २ बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली सुविन निर्वाचित भएका छन् ।
नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका छन् ।
१०१ मतान्तरले निर्वाचित रेशम नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।
२०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत वैशाखको स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षमा पराजित भएका थिए ।