पोखरा १८ मा पूर्व जनप्रतिनिधि र टोल सभापति माओवादी केन्द्र प्रवेश गरेका छन् ।
०४९ मा नेकपा एमालेबाट वडा सदस्य चुनिएकी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गरेकी हुन् ।
उनले माओवादीबाट मात्र दलितको अधिकार रक्षा र जताको अधिकार ग्यारेन्टी हुने बताइन् । उनले पोखरा १८ देउराली पाटनमा विकास निर्माणको काम नभएको गुनासो गरे ।
कांग्रेसका जनमैत्री टोल इकाइ सभापति गणेश तिमिल्सिना माओवादीमा प्रवेश गरे । उनले भ्रमबस अन्य पार्टीमा लागेको भन्दै अहिले सही ठाउँमा आइपुगेको सुनाए ।
पोखरा १८ मा माओवादी केन्द्रकाबाट वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले विकासका लागि माओवादी केन्द्रको विकल्प नरहेको दाबी गरे ।
पोखरा १८ माओवादी केन्द्र प्रचारप्रसार संयोजक टीकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए ।
पोखरा १८ मा माओवादी केन्द्रबाट खुला सदस्यमा हुमवीर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।





