२ गाउँपालिका अध्यक्ष निर्विरोध

माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले डोल्पाका दुई पालिका अध्यक्षसहित एकजना उपाध्यक्ष निर्विरोध जितेको छ।

वैशाख ३० गते तय भएको निर्वाचनमा मतदान नै नगरी ती पालिका अध्यक्ष र उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन्।

मनोनयन प्रक्रिया अझै पनि चलिरहेकाले निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गरेको छैन।

मनोनयनपछि उम्मेदवारीमा दाबी विरोधसहितका प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरु निर्वाचित भएको कानुनी रुपमा टुंगो हुनेछ।

सोमबार उम्मेदवारी दिने निर्धारित समयसम्म डोल्पाको काइके गाउँपालिका अध्यक्ष, छार्का तोङसोङ गाउँपालिका अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षसहित ६ वटा वडामा वडाको सेट नै विजयी भएको समाजवादीका उपमहासचिव डा। विजय पौडेलले बताए।

उनले कलम चिन्हबाहक नेकपा ९एकीकृत समाजवादीका० उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्।

विजयी भएकाहरु यसअघि एमालेबाट समाजवादीमा प्रवेश गरेका थिए।

काईके गाउँपालिका अध्यक्षमा अङ्गत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ विजयी भएका हुन्।

डोल्पामा एमालेबाट विजयी यी दुई गाउँपालिकाका अध्यक्ष वैशाख ६ मा एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरेका थिए।

अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए।