कुनै पनि राष्ट्रको विधानअनुसार सामाजिक,राजनीति आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति नै नागरिक हो।कानुनी,परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित स्वत्वको उपयोग गदै उसको कुल परम्परा ,नीति नियम ता सामाजिक अनावश्यकताअनुसार आफ्ना क्रियाकलाप सञ्चालन गर्ने गर्दछ ।सर्वसाधारण नागरिकले देशप्रतिको कर्तव्य पूर्ण गरेबापत तिनीहरूलाई पनि देशले सुख सुविधाको मुहान बर्साउनु स्वाभाविक कुरा हो।काम गर्नेले माम पनि पाउनपर्दछ।माम खानेले पनि काम त गर्ने पार्यो ।उल्फाको धन फुपूको श्राद्ध गरेर गर्जो टार्नु मात्र पनि जीवनको सार हैन।
मानिस विवेकशील र बुद्धिजीवी प्राणी हो। मन र मस्तिष्क साथसाथै भएकाले मानिस यदाकदा शिष्टता र अशिष्टता दुवै प्रदान गर्न पुग्दछ ।दुष्टिकै सुन्दर उपहार मान्छेले शिष्टता प्रदानका क्रममा गरेको सत्कर्मले धर्ती नै उज्यालो बनाउँछ भने अशिष्टता प्रदानका क्रममा गरेका असत्य कर्मले धर्ती लाई बीभत्स प्रलयका मारमा जाकिदिन्छ। जुन राष्ट्रमा नागरिक कर्मनिष्ठ छन्,त्यस राष्ट्रले विकासको उचाइ प्राप्त गर्छ । अलमस्त जीवनयापन गर्ने भ्रष्ट नागरिकको बहुलताको भार वहन गर्ने राष्ट्र दारुण अवस्थामा गुज्रिने गर्दछ ।निष्ठापूर्वक कर्म पथमा नागरिकलाई गतिशीलता दिन राष्ट्रले उतिकै चनाखो रहनुपर्दछ ।उत्तरदायी नागरिक नैतिकवान् र सच्चरित्र वान् हुने गर्छ ।उसले नै प्रकृतिप्रद कल्पनातीत सफलताको उपभोग गर्न पाउँछ।राष्ट्र प्रति बफादार नागरिक निर्माणमा राष्ट्रिय परिवेशले नै भूमिका निवह गर्दछ। त्यसैले पनि नागरिकका सर्बतमुखी हितमा राष्ट्रले ध्यान पुराउनुपर्छ ।
नागरिकलाई अधिकार र दायित्वका परिधिमा राष्ट्रद्वारा निर्मित संविधान तथा नित नियमले बाँध्ने गर्दछ ।संविधानमा नागरिकका हकहितको पूर्ण परिपालनका साथ मौलिक हकको व्यवस्था हुने गर्दछ ।मौलिक हक मानवअधिकारका विश्वव्यापी मान्यताका आधार तलमा अडेका हुन्छन्।जनउत्तरदायी राज्यव्यवस्थामा जनता सर्व शक्तिशाली हुने गर्दछ ।एकताको प्रतीक जनताजनादन मानिन्छन्।शासन यन्त्रमा जनताको प्रत्यक्ष संलग्नता रहने राष्ट्रमा जनमतको पूर्ण परिपालन गरिन्छ। लोकसम्पतीको जगमा निर्मित संविधानलाई जनताले वैदिक मन्त्रका रूपमा स्विकार्ने गर्द्छ्न्। जनताको केन्द्रीकृत शासन नै जनवादी शासन हो,जहाँ जनता अधिकार सम्पन्न हुने गर्दछ ।त्यही कानुन नै नागरिक सभ्यताको मूल आधार हो। कानुनको ईमान्दारी पूर्ण परिपालन गर्ने नागरिकले आफ्नो देश र जातिप्रति प्रेम प्रकट गरेको हुन्छ किनकि स्वस्थ र सुन्दर कानुनले समस्त नागरिकलाई जिम्मेवार बनाउँछ।
यथार्थमा ,अधिकारको गमलामा दायित्वको फुल फुल्दछ । अवसर पाए न कर्मप्रति समपण हुने हो। जीवनको सर्वोच्च प्राप्तिका निम्ति सत्य मार्गमा क्रियाशील हुनुपर्दछ ।सत्य र ईमान्दारिका पथमा अग्रगमन सम्भव छ ।एकाधिकारवादी चिन्तन प्रतिगमनकारी हुन्छ। मानवतावादको मूल मन्त्रलाई शिरोपर गदै नागरिक बडा पत्रको केन्द्र स्थलबाट प्रस्फुटित कानुनी राजमा नागरिक अधिकार र दायित्वको निधार सबैलाई बराबरका आधारमा गरिएको हुन्छ। आखिर मलजल राम्रो पाए न फुल सुन्दर फुल्न र फल पोसिलो फल्न सम्भव छ। तब न राज्यले नागरिक कर्तव्यका खोजीमा अधिकारको व्यवस्था गर्ने हो। तब न राज्यले नागरिक कर्तव्यका खोजीमा अधिकारको व्यवस्था गर्ने हो। राष्ट्र रुपी प्रकृतिमा फुल्न न फल्न डगमगाएका नागरिकको अधिकार रुपी मलजल भर्नु नितान्त जरुरी छ।




