उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने लक्ष्यका साथ पोखरा १७ बिरौटामा सञ्चालन गरिएको किसान बजारमा कोल्ड रुम स्थापना गरिएको छ ।
पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित कृषि बजारमा कृषकले उत्पादन गरेका कृषि उपजको संरक्षण एवम् बजारीकरणमा सहयोग पु¥याउने उदेश्यका साथ कोल्ड रुम स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
३ टन क्षमता रहेको सो कोल्ड रुम फलपूmल तथा तरकारी मूल्य श्रृखला विकास आयोजनाको ४ लाख ८० हजार लागतमा स्थापना गरिएको किसान बजार निर्माण तथा सञ्चालक समितिका अध्यक्ष चूडामणि बरालले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बुधबार नवनिर्मित कोल्ड रुम उद्घाटन गरे । उनले बजारमा स्थापना गरिएको कोल्ड रुमबाट कृषकले भरपूर फाइदा लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट कृषकलाई सम्मान गर्नुका साथै प्रोत्साहन स्वरुप महानगरको तर्पmबाट ६० हजार रुपैया बराबरको चेकसमेत हस्तान्तरण गरियो । कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, कृषक उमानाथ सुवेदी, खिमलाल बराल र उमाकान्त बरालले कोल्ड रुमको महत्व र आवश्यकतामाथि प्रकाश पारेका थिए ।
पोखरा महानगरपालिकाले ११ लाख रुपैयाँ लागतमा उक्त कृषि बजार निर्माण गरी गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । विश्वव्यापी रुपमा पैmलिएको कोरोनाको कारण बन्द भएको सो बजार साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको कृषक श्याम पोखरेलले बताए । रासस




