हाम्रो वरिपरि आँफै बनेका बिभिन्न वस्तुहरु र ठाँउहरु हुन्छन् । तिनीहरु जमिन, सुर्य, डाँडाकाँडा,जंगल,पहाड,हिमाल,हावा,पानी,नदि नाला आदि हुन।यी सबैको समग्र रुपलाइ नै हामीले प्रकृति भन्छौ। प्रकृतिका यी सबै चिजहरु मानबीय सेवामा समर्पित हुन्छन।
जमिनले हामीलाइ चाहिने खानेकुराहरु उत्पादन गरिदिन्छ।हाम्रो लागि मिठा खानेकुरा उत्पादन गरिदिए बापत जमिनले मानिसबाट केही लिदैन।सुर्यले हामीलाइ ताप शक्ति दिन्छ।सुर्यको तापले बिरुवालाइ खाना बनाउन सहयोग पुग्छ।ताप शक्ति र न्यानोपन दिएबापत सुर्यले पानि हामी सँग केही माग्दैन।हामी जीवित रहन अक्सिजन चाहिन्छ।
त्यो अक्सिजन जंगलका रुखबिरुवाले दिन्छन अनि हामीले फालेको कार्बनडाइअक्साइड रुखबिरुवाले सोस्छन।यसको लागि पानि हामीले पैसा तिर्नु पर्दैन।खोला,नदि,ताल,पोखरी,इनार र समुन्द्र पानीका स्रोतहरु हुन।यिनीहरुले हामीलाइ चाहिने पानी दिन्छन।यसको बदलामा पानिका स्रोतहरुले मानिस सँग केही माग्दैनन।बरु हाम्रो जिवन जोगाउन सँधै सहयोग गर्छन।हरियाली डाँडाकाँडाहरुले हाम्रो वातावरण सुन्दर बानाउन सहयोग गर्छन।
हिँउले ढाकिएका अग्ला हिमालहरुले मुस्कुराउदै हाम्रो देशलाइ अझ राम्रो बनाएका छन,प्रतिफलमा डाँडाकाँडा र हिमालले पनि हामी सँग केही मागेका छैनन्।फलपुलका बिरुवाहरुले मिठा मिठा फलहरु फलाउछन,आँफुले खाँदैनन्।बरु मानिसले फलहरु झार्न ढुङ्गा हान्दा चोट सहन्छन,कहिल्यै रिसाउदैनन्।फेरी मिठा फलहरु फलाइरहन्छन।
प्रकृतिका ती सबै चिजहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं।जमिन,सुर्य,डाँडाकाँडा,जंगल,पहाड,हिमाल,हावा,पानी,नदि नालाहरुले जस्तै हामीले पनि निरन्तर असल कर्म गर्नु पर्दछ।अरु मानिसहरुको सेवा गर्नुपर्दछ।सानालाइ माया गर्नु पर्छ।ठुलालाइ आदर गर्नुपर्छ।
लबालिका,बुढाबुढी,अफ्ठेरोमा परेका र अपांग मानिसलाइ सहयोग गर्नुपर्छ।यसरी हामीले अन्य मानिसलाइ सहयोग गरेबापत कुनै कुराको आशा राख्नुहुदैन। हामी प्रकृति जस्तै उदार हुनुपर्छ।अरुको मन दुख्ने गरी बोल्न हुंदैन।सँधै भरी मिठो र नरम बचन बोल्नु पर्छ।स्वार्थी हुनुहुंदैन।अन्त्यमा सदैब हाम्रो सेवामा जुट्ने प्रकृतिको हामीले पनि सम्मान र संरक्षण गर्नुपर्छ।प्रकृतिको संरक्षणले प्राकृतिक बिपत्ति घट्छन।
प्रकृति हम्रो भगवान हो, सबै मिलेर संरक्षण गरौं।
माधवी पोखरा २५, हेम्जामा रहेको धौलागिरी बोर्डिङ स्कुलमा कक्षा २ पा पढ्छिन् ।