पहिलो भन्दा दोस्रो संस्करणको कोरोना संक्रमणको दर, प्रभाव, असर बढी नै चिन्ताजनक र नियन्त्रण गर्न कठिन देखिदैछ । तुलनात्मक रुपमा दोस्रो संस्करणको संक्रमणको दर र मृत्युदर पनि निकै उच्च देखिदैछ । दोस्रो संस्करणलाई कडा निषेधाज्ञा मार्फत उचित ब्यबस्थापन गरी स्वास्थ सेवा उपलब्ध गराउदै समयमै कोभिड-१९ को खोपको प्रवन्ध गरी प्राथमिकताको आधारमा खोप दिएर नागरिक स्वास्थ एव जिवन राज्यले जोगाउन सकेन यसको जिम्मेवारी सरकारले लिनुपर्छ। यस्तो अवस्था आयो यदी भने मुलुकमा यसले गर्ने क्षतिको मुल्यांकन गर्नु अगाडी क्षतिको मुल्यांकन गर्नु अगाडी नै यसको तेस्रो संस्करण आउने प्रक्षेपण गरिएको छ । पहिलो संस्करणको प्रभाव वृद्धवृद्दा (६० बर्ष माथि) हरुमा परेको थियो, दोस्रो संस्करणमा युवाबर्ग (२०-४५) हरू चपेटामा परेका छन् । हालसम्म १२ बर्ष मुनिका बालबालिकाहरुको लागी कोभिड-१९ बिरुद्द कुनै खोप बिकाश नभैसकेको अवस्थामा यसको तेस्रो संस्करणले शिशु तथा बालबालिका (०-१२ बर्ष) हरु निकै जोखिममा पर्ने जनस्वास्थ्य बिज्ञहरुले पुर्व जानकारी गराएका छन् ।
वर्तमान समयको दोश्रो चक्रको सक्रमणलाई आधार मानेर हेर्दा सम्पुर्ण नेपालीहरु नै यसको चपेटामा पर्छन कि भन्ने अनुमान गर्न सकिन्छ । भरपर्दो उपचार बिधि, खोपको व्यबस्थापन नगरी प्रकोप वा महामारीबाट बच्न केवल स्थानहद लगाउनु वा त्यसबाट बच्न टाढा हुनु भनेको सक्रमणलाई निराकरण गर्नु नभई सुशुप्त अवस्थामा राख्नु भनेको अर्को चरणमा अझ उच्च सक्रमणलाई निम्ता दिनु हो । नागरिकहरुले पनि सचेत र सावधान भई आफुलाई वातावरणसंग बिस्तारै घुलमिल गराउदै यस संगसंगै बाँच्ने अभ्यास गर्दै लगेर आफुलाई संकटको भयबाट टाढा राख्दै आफ्नो आन्तरिक रोग प्रतिरोधात्मक क्षमता बढाउदै लग्नुपर्ने हुन्छ ।
देश कठिन परिस्थितिबाट गुजि्ररहेको अवस्थामा राजनैतिक नेतृत्वले नागरिकको अपेक्षा र जनचाहना अनुरुप ‘प्राथमिकता र आवश्यकता’ सिद्दान्तको आधारमा देशको समस्याहरु कुशल रुपमा समाधान गर्नु राजनैतिक नेतृत्व र राज्यको दायित्व हो । राजनैतिक दलहरु र सरकारको पछिल्लो गतिबिधीलाई हेर्दा नागरिक प्रति पुर्ण जिम्मेवार देखिएका छैनन् । देश संकटमा परेको अवस्थामा राज्यले नागरिकबाट अपेक्षा गरेको व्यबहार र भुमिका जिम्मेवारी पुर्वक निभाउनु नागरिकको कर्तब्य हो । राष्ट्रलाई योगदान गर्ने अवसर सबै नागरिक, राजनैतिक पार्टी र सरकारलाई सधैं सहजरूपमा प्राप्त हुदैन । राज्य संचालनका जिम्मेवार पक्षले नागरिकको संबैधानिक एवं मौलिक अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्दैन भने देशमा प्रजातन्त्र, गणतन्त्र वा जुनसुकै ब्यवस्था भएपनी त्यो ब्यबस्था तानाशाही नै हो । यसमा हामी कति सक्षम देखियौ त भन्ने मुल्यांकन हाम्रो भावी पुस्ताले अवश्य गर्ने नै छन् । नेपालका राजनैतिक पार्टीहरु र तिनका नेतृत्व नागरिकको लागी भन्दा “आफू र आफ्नै लागी” तर्फ अल्झदा राष्ट्रमा आएको बिपत्तीको यो घडीमा नागरिकले एक प्रकारको त्रास र असुरक्षित अनुभूत गरेका छन् ।
देशमा बिपत्ति, प्रकोप वा कुनैपनी संकट आउँदा सरकारमा मात्रै भर नपरी नागरिकहरुले राष्ट्र प्रतिको कर्तब्य र दायित्व ठान्दै हर सम्भव विकल्पहरुको प्रयोग गरी म सुरक्षित रहन सके मेरो परिवार सुरक्षित, मेरो परिवार सुरक्षित रहे देश सुरक्षित रहन्छ भन्ने मान्यतालाई अगालेर सरकार द्वारा निर्देशित स्वास्थ सचेतता एवं कडा स्वं-अनुशासन कायम गरि ‘बिदुर निती’ अवलम्बन गर्नुपर्ने हुन्छ । हामीले आफू भित्रको उर्जालाई सकारात्मक रूपमा प्रयोग गर्न सक्यौं भनेपनि बिपत्ती र महामारीबाट उत्पन्न हुने असर र प्रभावको केहि मात्रामा भएपनि रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ। तर यसको पछाडी उच्च सकल्प लिएको सरकार हुनु अनिवार्य छ । नेपाली राजनैतिक पार्टीहरु एव सरकारको नेतृत्वले राज्य संचालनमा देखाएको अपरिपक्वता तथा राजनितीको उल्टो यात्रा “आफू र आफ्नै लागी” ले नागरिकहरुमा राजनैतिक नेतृत्व र पार्टीहरुप्रति बिश्वास गुम्दै गएको देखिन्छ ।
आन्तरीक रुपले कोरोनाबाट स्वयंलाई बचाउन सकेनौ भने हाम्रो लागी बाच्ने दोस्रो उपाय भनेको केवल यस बिरुद्द निर्माण भएको खोप लिएर नै हो । यो प्रकोप नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा फैलिएको हुदा अन्तराष्ट्रिय बजारमा खोपको माग उच्च छ । खोप निर्माता देशहरु, आर्थिक रुपमा सम्पन्न र नागरिक प्रति जिम्मेवार देशका सरकारले आफ्ना नागरिकलाई यस बिरुद्दको खोपको ब्यबस्थापन गरेर यस सम्वन्धि सेवा सुरु गरिसकेका छन । नेपाल सरकारले पनि आफ्नो कुटनैतिक सम्बन्धलाई अधिकतम प्रयोग गरेर अन्तराष्ट्रीय सहयोग वा खरिद मार्फत नै भएपनि खोप आयात गरि आन्तरिक श्रोत र त्यसको उचित ब्यबस्थापन गरि प्राथमिकताका आधारमा नागरिकलाई कोरोन बिरुद्ध खोप कार्यक्रम सुरु गर्न ढिलाई भैसकेको छ । तर स्वास्थ उपचार, ब्यबस्थापन एव स्वास्थ सामाग्री र खोप खरिदमै अपारदर्शिता देखाएर नेपाल सरकार नागरिक र राष्ट्रप्रति गैर जिम्मेवारी देखिसकेको छ। राजनैतिक रूपमा असफल पार्टी र सरकारको नेतृत्व स्वयं आफैं जिम्मेवार भएर नैतिकताका आधारमा राजिनामा दिई नयाँ पुस्तालाई बिश्वास गरेर जिम्मा दिदैं जाने हो देश बिकाश हुनुको साथै नागरिकले पनि बिश्वास गर्न सक्ने नेतृत्व पाउने छ। मुलुक भित्र ‘आवश्यकता मुखी नीति र नतिजा मुखी व्यवस्थापन’ सिद्दान्त अबलम्बन समेत हुनेथियो । आफूभन्दा पछाडिको पिँढी शैक्षिक र प्राबिधिक रूपमा शक्तिशाली छ भन्ने सकारात्मक सोच राखेर वर्तमान राजनैतिक नेतृत्वले पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानु अहिलेको आवश्कता हो । आफूले जिम्मेवारी पुरा गर्न नसकेपछि नैतिक जिम्मेबारी लिई नयाँ पुस्तालाई नेतृत्व दिने सस्कार र संस्कृतिको पद्धति बस्यो भने राजनैतिक रूपमा समेत नयाँ पुस्ता जिम्मेवार बनेर राजनितीमा प्रबेश गर्नेछन ।
राजनैतिक रूपमा असफल पार्टी र सरकारको नेतृत्व स्वयं आफैं जिम्मेवार भएर नैतिकताका आधारमा राजिनामा दिई नयाँ पुस्तालाई बिश्वास गरेर जिम्मा दिदैं जाने हो देश बिकाश हुनुको साथै नागरिकले पनि बिश्वास गर्न सक्ने नेतृत्व पाउने छ । मुलुक भित्र ‘आवश्यकता मुखी नीति र नतिजा मुखी व्यवस्थापन’ सिद्दान्त अबलम्बन समेत हुनेथियो । आफूभन्दा पछाडिको पिँढी शैक्षिक र प्राबिधिक रूपमा शक्तिशाली छ भन्ने सकारात्मक सोच राखेर राजनैतिक क्षेत्रमा समेत नयाँ पुस्ता जिम्मेवार बनेर प्रबेश गर्नेछन जसले स्वयम् आफु र राष्ट्र प्रतिको जिमेवारीता देखाउछ । वर्तमान राजनैतिक नेतृत्वले पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानु अहिलेको आवश्कता हो । आफूले जिम्मेवारी पुरा गर्न नसकेपछि नैतिक जिम्मेबारी लिई नयाँ पुस्तालाई नेतृत्व नेतृत्वको हस्तान्तरण गर्ने सस्कार र संस्कृतिको पद्धति बस्यो भने राजनैतिक क्षेत्रमा समेत नयाँ पुस्ता जिम्मेवार बनेर प्रबेश गर्नेछन जसले स्वयम् आफु र राष्ट्र प्रतिको जिमेवारीता देखाउछ ।
राष्ट्रीय रुपमा आएको यस बिपत्तीलाई समाधान गर्न सम्पुर्ण नेपाली राजनैतिक पार्टीहरुले आ-आफ्नो आन्तरिक विवादहरुलाई थाति राखेर एकजुट भई महाबिपत्तीमा परेका नागरिकको सुरक्षामा गर्नुपर्नेमा नेपालका राजनैतिक पार्टीहरु र सरकार राजनीतिको उल्टो यात्रा “आफु र आफ्नो लागी” तर्फ लागेको देखिन्छ । नागरीकले नेता चिन्ने भनेकै यस्तै बिपत्तीमा परेको समयमा नै हो । राजनीति देश र जनताको लागी हो वा आफु “जोगी नहुन्”? नेपाली नागरिकले यसको मुल्याकन आफ्नो बिबेक तथा मताधिकारको प्रयोग गरेर अवश्य गर्ने नै छन् । राजनैतिक पार्टीहरु र सरकारको नागरिक प्रतिको रवैया सधै यस्तै नै रहिरहने हो भने नागरिकहरुले पनि वर्तमान पार्टी, सरकारको राजनैतिक नेतृत्वको मात्रै नभई समग्र राजनैतिक प्रणालीकै विकल्प खोज्न ढिलाई भएको त होइन कतै?
देश महामारीमा छ
रोम जलिरहेको छ
निरो बाँसुरी बजाइरहेको छ
त्यो आगोले न बाँसुरी राख्ने भयो न बाँस नै ।
रामेश्वर बराल, उप-प्राध्यापक, जनसख्या अध्ययन बिभाग, पृथ्वी नारायण क्याम्पस, पोखरा




