सडक दुर्घटना : दोषी चालक कि सरोकारवाला निकाय ?

मिर्मिरेमै उठ्ने, दैनिक नित्य कर्म गर्ने, केही समयकाे कसरत पश्चात् अाफुलाइ अनुकुल पर्नु सुचनाकाे माध्यममा दैनिक खबर पढ्ने, हेर्ने र सुन्ने क्रम अाज पनि जारी छ। राजनीतिक घटनाक्रम र पार्टीको कुरामा खासै ध्यान जादैनथ्याे। भारतका प्रधानमन्त्री नरेन्द्र माेदी काे अघाेषित नाकाबन्दी काे समाचार र केही महत्त्वपूर्ण जानकारी सँगै समाचार काे रफ्तार अघि बढिरहेको थियाे। दाैडिरहेकाे खबर र द्रुत गतिमा अघि बढिरहेकी समाचार बाचिकाकाे दाैडमा म केही समयका लागि राेकिए। खवर अायाे, अाेभरटेक गर्दा दुर्घटना , तीन जनाकाे मृत्युु , तीन जना घाइते । भावबिहल मनलाई सम्झाउन खाेज्दा खाेज्दै मानेन, मृतकहरुकाे नाममा एक मिनेट यथास्थानमा राेकिए।

प्रसँग गृहजिल्ला धादिङ काे साविक धुषा गा. वि. स. काे स्थानीय बजार चराैदिकाे मिति २०७२/०८/२१ गतेकाे थियाे। काठमाडौ बाट चितवन जाँदै गरेकाे ट्रकलाई अाेभरटेक गर्न खाेज्दा बस र विपरीत दिशा बाट अाउदै गरेकाे माईक्रो बस एकअापसमा ठक्कर खाएका थिए। घटनाको प्रकृति र नतिजा मुल्यांकन गर्दा अनाैठाे केही थिएन, उहि चालककाे लापरबाही ,तिव्र गति, घुम्तिमा अाेभरटेक गर्न खाेज्नुलाई नै घटनाकाे प्रमुख कारण बनाईयाे। सवारी चालक सजक रहनुपर्छ भन्दै अनेक नाराबाजी गरियाे।

दुर्घटनामा चालकलाई दोषी देखाएर सरोकारवाला जिम्मेवारीबाट पछि हट्नु हुँदैन। सडकको गुणस्तर वृद्धि र सम्भव भएसम्म सडकमा अन्तर्रास्ट्रिय मापदण्ड पालना गरिनुपर्छ ।

ट्राफिक नियम काे परिपालना गर्ने र गराउने बानी बसालाै भन्ने सन्देश यत्रतत्र छरियाे। तर पनि किन सवारी दुर्घटनामा न्युनिकरण हुन सकेकाे छैन? किन अल्पायूमै कयौं ले प्राण त्याग्न परेकाे छ? अाखिर कहिले सम्म याे नियति चलिरहने हाे? जटिल भाैतिक सँरचना बिच सञ्चालनमा रहेका नेपालका विभिन्न राजमार्गहरुमा दैनिक जसाे दाेहाेरीरहने सडक दुर्घटना लाई न्युनिकरण र संभव भएसम्म अन्त्य गर्नु अहिलेकाे प्रमुख अावश्यकता बनेकाे छ। संबंधित निकायले यश बिषयलाइ महत्वका साथ ध्यान दिनु अावश्यक छ। सडक संरचनाको विशिष्ठिकरण, यातायात सञ्चालन मापदण्ड मा परिवर्तन , चालक अनुमतिपत्र बितरणमा कडाइ , उपयुक्त ट्राफिक सँकेतकाे प्रयाेग लगायत अन्य प्राविधिक पक्षमा देखिएकाे समस्याको समाधान गरि केही हदसम्म सडक दुर्घटना कम गर्न सकिन्छ ।

दुर्घटना पश्चातकाे उपचार भन्दा पनि दुर्घटना नै हुन नदिनु राम्रो हुन्छ । सम्भाबित जाेखिमकाे विश्लेषण गरि सवारी चालकलाई उचित मार्गदर्शन प्रदान गर्नु पर्छ। चालक बर्गमा अाफु बच्ने र अरु सबैकाे ज्यान जाेगाउने चेतना हुनुपर्छ । हरेक दुर्घटनामा चालकलाई दाेषि देखाएर सराेकारवाला पक्ष जिम्मेवारी वाट पछि हट्नु हुदैन। सडककाे गुणस्तर मा वृद्धि र संभव भएसम्म सडक निर्माण अन्तरास्ट्रिय मापदण्ड काे पालना गरिनुपर्छ । पुर्वतयारीमा विशेष जाेड दिई सम्भावित जाेखिमलाइ कमि गर्नु पर्छ । र अन्तत चालक र सवार यात्रीकाे सुरक्षाकाे प्रत्याभूति हुनुपर्दछ।