बागलुङ नगरपालिकामा मंगलबार रातिदेखि निषेधाज्ञा

कोरोना महामारी फैलिएपछि बागलुङ नगरपालिका मंगलबार रातिदेखि निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । राति १२ बजेदेखि सुरु हुने निषेधाज्ञा भदौ ९ गतेसम्म जारी रहनेछ ।

मंगलवार बिहान बागलुङ नगरपालिकाले निषेधाज्ञा लागू गर्न सिफारिस गरेको थियो ।