नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालमा ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका छन् । उनको भोलि स्वाब परीक्षण हुनसक्ने जनाइएको छ ।
कोरोनाको प्रभाव कम हुँदै गएपछि आइतबार दिल्लीका नाका खोलिएको थियो । दिल्लीमा अहिलेसम्म २८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ सय १२ को मृत्यु भएको छ।
भारतमा २ लाख ५८ हजारमा कोरोना भाइरस पुष्टि हुँदा ७ हजार २ सयभन्दा बढीको ज्यान गएको छ।




