जेठ ४ गते २०७७

ताजा समाचार

जेठ ४ गते २०७७

भारतमा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु



भारतमा जेठ १८ गते अर्थात मे ३१ सम्म लकडाउनको समयावधि लम्ब्याइएको छ ।

आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो । भारतमा यो लकडाउनको चौथो चरण हो । भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । मेट्रो रेलसेवा पनि बन्द गरिने भएको छ ।

बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञासमेत जारी भएको छ। भारतमा अहिलेसम्म २ हजार ९ सय ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या २ हजार नाघेको छ ।