शनिबार दिउसो चापाकोट ३ कमेरेका एक व्यक्ति रुखबाट लडेर गम्भीर घाइते भकएका छन् । दिउँसो १२ बजेतिर आफ्नै बारीको रुखमा घाँस काट्न चढेका ४५ वर्षीय राजेन्द्र मल्ल अचानक लडेर घाइते भएका हुन् ।
उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएकोमा थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।






