ओशो अमृतम ध्यान केन्द्र बागलुङले बिहीबार राहत वितरण गरेको छ । विभिन्न जिल्लाबाट बागलुङ बजारमा कामको सिलसिलामा बसोबास गर्दै आएका ४ परिवारलाई राहत वितरण गरिएको हो ।
स्थानीयभन्दा बाहिरकाले राहत नपाउँदा आहत भएकालाई संस्थाले सहयोग गरेको हो । अमृतम ध्यान केन्द्र बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङलाई जानकारी दिई राहत वितरण गरेको हो ।
केन्द्रका ओशो सन्यासीहरूले एकापसमा सहयोग उठाएर राहत वितरण गरेका हुन् । राहत पाउनेमा अर्घाखाँची, स्याङ्जा, वुर्तिवाङ आदि स्थानबाट आएका दैनिक ज्याला मजदुरी गर्नेहरु रहेको ओशाे अमृतम ध्यान केन्द्र बागलुङकी सञ्चालिका मां आत्माे ज्याेत्सना ले जानकारी दिईन।




