बाग्लुङ बलेवामा १ को मृत्यु, ६ घाइते

बागलुङको बलेवामा १ युवकको चट्याङले लागेर मृत्यु भएको छ । बाग्लुङ नगरपालिका १३ का २६ वर्षीय शंकर रिजालको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार ४ बजेतिर परेको चट्याङ लागेर गम्भीर घाइते भएका रिजाललाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बागलुङकै पैयुँपाटामा चट्याङ लागेर ५ जना घाईते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।