कालीगण्डकीमा हाम फालेकी महिलाको मृत्यु

शुक्रबार दिउँसो कालीगण्डकीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छिन् । दिउँसो करिब साढे २ बजे पर्वतको जलजला गाउँपालिका वडा ३ वारीबेनी दोभान स्थित काली गण्डकीनदीमा देवकी थापामगरले हाम फालेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका घर भएकी थापामगर जलजला गाउँपालिका ३ वारीबेनीमा बस्थिन् । करिब डेढ सय मिटर तल प्रहरीले उनको शव फेला पारेको छ भने घटनाको अनुसन्धान भरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।