लमजुङका मजदुरहरुले गरे राहत अस्विकार

सरकारले लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरुलाई राहत दिने घोषणा संगै देशभर अहिले राहत बितरण सुरु भएको छ । कोरोना भाईरस बाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दे सरकारले देशभर लकडाउन घोषणा गरेको हो ।

वडा स्तरमा आपुर्ति समिति गठन गरी बितरण गर्न लागिएको राहत राईनासमा कार्यरत १० जना मजदुरले भने अस्विकार गरेका छन । हुनेखानेहरु समेत राहतको लाईनमा बसेर हात थापिरहेको दैनिक ज्यालादारी मजदुरहरुले भने राहत लिन अस्विकार गरेका हुन ।

उनिहरुले राहतभन्दा पनि आवस्यक ब्यबस्था मिलाएर खरिद गर्ने प्रबन्ध मिलाईदिन सरकारलाई आग्रह गरेका छन । मुलुक संकटमा परेको बेला आफुहरुले पनि योगदान गर्नुपर्ने भन्दै अहिले आफुहरुले मजदुरीबाट कमाएको रकम खर्च गर्ने उनीहरुको भनाई छ । राईनास नगरपालिका वडा नं १ मा रहेका १ खानेपानी आयोजनामा कार्यरत मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । रोल्पा, बागलुङ र पाल्पा घर भएका उनिहरुले अहिले आफुहरु आफ्नै खर्चले धान्न सक्ने अबस्थामा रहेकोले राहत लिन आबस्यक नभएको बताएपछि वडाले उनिहरुको लागि बितरण गर्न लागेको राहत फिर्ता हुने भएको हो ।

राईनास नगरपालिका वडा नं १ मा ४१ जना दैनिक ज्यालादारी मजदुरको नाम सार्बजनिक गरिएको थियो भने राईनास नगरपालिका भित्र १३३६ घरपरिबारले राहत पाउने भएका छन । यसअघि नगरपालिकाले गठन गरेको आपुर्ति समितिको सिफारीसका आधारमा प्रत्येक वडा बाट आएको सिफारीसलाई समावेश गरेर घरधुरी र्निधारण गरिएको छ । राईनासले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दश लाख र पालिकामा खर्च हुन नसकेका योजनाहरुको रकमान्तर हुने गरि १८ लाख बिनियोजन गरि राहत दिने र्निणय भएको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए ।

लकडाउनका कारण नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगि तथा अशत्तलाई एम्वुलेन्स सेवा पालिकाले नै ब्यबस्था मिलाउने र्निणय पनि भएको छ । राहतको लागि राईनास नगरपालिकाको वडा नं १ बाट ४१, वडा नं २ बाट १०८, वडा नं ३ वाट १६०,वडा नं ४ बाट १५०, वडा नं ५ बाट ८५,वडा नं ६ बाट ३५२,वडा नं ७ बाट १३८,वडा नं ८ बाट७१,वडा नं ९ बाट १०९ र वडा नं १० बाट ४९ घरधुरी सिफारीसमा पर्ेका छन । अन्यत्र बाट मजदुरीका लागि राईनासमा आएको मजदुरको संख्या १०३ रहेको छ ।

सबैलाई पालिकाले ३० किलो चामल,दाल ३ किलो, नुन २ प्याकेट, खानेतेल २ लिटर र चिनी २ किलो बितरण गर्ने जनाइएको छ । पालिकाले चैत्र २२ गते बाट नै वडाहरुमा बितरणको ब्यबस्था मिलाएको मेयर सिंह बहादुर थापाले जानकारी दिए ।