चैत्र ७ गते २०७६

ताजा समाचार

चैत्र ७ गते २०७६

निर्भया बलात्कारका ४ दोषीलाई फाँसी



७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फँसी दिइएको छ ।

दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो । फाँसीपछि चारै जनाको शवलाई पोस्टमार्टमका लागि एक सरकारी अस्पतालमा लगिएको बीबीसी हिन्दीले जनाएको छ । शवको पोस्टमार्टमपछि उनीहरुको शव परिवारका सदस्यलाई जिम्मा लगाइने छ।

घटना भएको ७ वर्षपछि उनीहरुलाई फाँसी दिइएको हो । १६ डिसेम्बर २०१२ मा राति निर्भयालाई ६ जनाले सामूहिक बलात्कार गरेका थिए । कुटपिटसँगै बलात्कारु गरी यौनांगमा रड घुसारी विभत्स अवस्थामा सडकमा फालिएको अवस्थामा निर्भया फेला परेकी थिइन् ।

केहीदिनपछि उपचारका क्रममा सिंगापुरमा उनको मृत्यु भएको थियो। फाँसी पाएका बाहेक एक दोषी राम सिंहले तिहाड जेलमै आत्महत्या गरेका थिए । एक दोषी नाबालक भएकाले उनलाई तीन वर्ष सुधार गृहमा पठाइएको थियो ।

२३ वर्षीया निर्भया एक कल सेन्टरमा काम गर्दै फिजियोथेपापी अध्ययन गरिरहेकी थिइन् ।