चीनले अमेरिकाका तीन प्रमुख पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने निर्णय गरेको छ ।
उसले अमेरिकाले चिनियाँ सञ्चारमाध्यमलाई अमेरिकामा बन्देज लगाएको जवाफस्वरुप त्यसो गरेको जनाएको छ।
अनलाइनमा बुधबार प्रकाशित गरेको एउटा वक्तव्यमा चीनको विदेश मन्त्रालयले दि न्यू योर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोष्टका चीनस्थित संवाददाताहरुलाई दिइएको प्रेस अनुमति पत्र खारेज गर्ने जनाएको छ । उसले ती पत्रकारहरुको २०२० सम्म म्याद रहेका प्रेस कार्डहरु १० दिनभित्र फिर्ता दिन समेत भनेको छ।
अमेरिकी ट्रम्प प्रशासनले पाँच चिनियाँ मिडियालाई विदेशी नियोगको रुपमा तोक्दै सञ्चारमाध्यमको रुपमा काम गर्न बन्देज लगाएपछि त्यसको जवाफस्वरुप सो कदम उठाएको चीनले बताएको छ ।




