बलिउड अभिनेत्री सोनम कपुर ‘सेल्फ आइसोलेसनमा’

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्।

बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत सरकारले विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको छ। त्यसैका लागि सोनम कपुर आफू आइसोलेसनमा बसेको बताएकी छन्।