कोरोना संक्रमित टम ह्यांक्स दम्पती डिस्चार्ज

अमेरिकी अभिनेता टम ह्याङक्स र उनको पत्नी रिटा विल्सन कोरोना भाइरसको उचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ह्यांक्स दम्पती ५ दिनअघि अस्पताल भर्ना भएका ओस्कार विजेता अभिनेता टम र उनकी पत्नी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु अहिले अस्ट्रेलियामा घरमै ‘होम क्वारेन्टाइन’ मा रहेको अमेरिकी म्यागजिन ‘पिपल’ले उल्लेख गरेको छ ।

एल्भिस प्रेसलेको चलचित्रको लागि छायांकनको क्रममा उनि गोल्ड कोस्ट गएका थिए, त्यसपछि उनलाई कोरोना भाइरस संक्रमण भएको थियो ।