कोरोना भाइरसको त्रासपछि भारतको प्रसिद्ध पर्यटकीय स्थल मानिएको उत्तर प्रदेशस्थित अग्राको ताजमहल बन्द गरिएको छ।
कोरोनाभाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप ताजमहल बन्द गरिएको हो।
प्रत्येक दिन ताजमहलमा ७०,००० पर्यटकले भ्रमण गर्दछन्। पर्यटको चाप हुने स्थानमा कोरोनाको संक्रमण चाँडै फैलन त्रास भएपछि ताजमहल बन्द गर्ने अवस्थामा पुगेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ।
भारतमा अहिलेसम्म केही विदेशीसहित १२९ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।




