कास्कीमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् ।
सोमबार बिहान अन्नपुर्ण गाउँपालिका ३ पाउदुर बस्ने ३३ वर्षिय रामजी बि.क.लाई सोही गाउपालिका बस्ने ३५ वर्षिय लक्ष्मण बि.क.ले सामान्य विवादमा धारिलो हतियारले निधारमा प्रहार गर्दा घाईते भएका हुन् ।
घाईतेको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने लक्ष्मणलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





