कास्कीमा ५ रेक्टरको भूकम्प धक्का महसुस भएको छ। कास्कीको लुम्लेलाई केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र काठमाडौले पुष्टि गरेको छ।
८ : ४६ गएको भुकम्पका कारण कास्की र आसपासको क्षेत्रमा जिल्लामा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।





