स्पेनी प्रधानमन्त्री पत्नी बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण भएको छ। प्रधानमन्त्री पेद्रो सान्चेज पत्नीलाई कोरोना भाइरस ९कोभिड–१९० पोजिटिभ भेटिएपछि उनको उपचार प्रक्रिया सुरु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार स्वास्थ्यकर्मीले जाँच गर्दा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो। यसअघि स्पेनले मन्त्रिपरिषदका सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। त्यतिबेला २ मन्त्रीमा कोरोना संक्रमण देखिएको थियो।
स्पेन युरोपमा इटालीपछि कोरानाबाट पीडित दोस्रो देश हो। त्यहाँ अहिलेसम्म कोरनाबाट १९३ जनाको मृत्यु भएको छ। ६ हजार २ सय ५० जना संक्रमित फेला परेका छन्।




