चीन कोरोनाभाइरस संक्रमणको उच्च जोखिमबाट बाहिरिएको चीन सरकारले दाबी गरेको छ।
बिहीबार नेशनल हेल्थ कमिसनका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीन कोरोनाभाइरसको उच्च जोखिमबाट बाहिरिएको बताएका हुन्।
नयाँ संक्रमित बिरामीहरू घट्दै गएपछि प्रवक्ता फेङले जोखिम कम भएको दाबी गरेका छन्। साथै, हुबेई प्रान्तको वुहानमा बुधबार आठ जनामा मात्रै संक्रमित बिरामी फेला परेका थिए।
त्यस्तै, हुबेई प्रान्त बाहिर भने सात नयाँ कोरोना संक्रमित बिरामी फेला परेका थिए।
सिएनएनका अनुसार चीनमा अहिलेसम्म ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने ३ हजार बढीले ज्यान गुमाएका छन्।
कोरोना भाइरसका कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । हालसम्म एक लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित छन् ।




