मलेसियाका प्रधानमन्त्री महाथिरको राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार मोहम्मदले राजासमक्ष राजीनामा दिएका हुन् ।

९४ वर्षीय प्रधानमन्त्री मोहम्मदले सन् २०१८ को मेमा मलेसियाको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका थिए । नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै उनले राजीनामा दिएका हुन् ।

महाथिरको पार्टी बर्साटु सत्तारुढ गठबन्धन पाकतान हरपनबाट पनि अलग भएको छ ।