फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

कोरोनाका कारण वुहानमा अस्पतालका निर्देशकको मृत्यु



कोभिड १९ (कोरोना भाइरस)को संक्रमणले चीनीयाँ केन्द्रीय शहर वुहानका अस्पताल निर्देशकको मृत्यु भएको छ । भाइरसका कारण वुहान वुच्याङ्ग अस्पतालका प्रमुख डा. लिउ झिमिङ्गको मंगलबार मृत्यु भएको हो ।

यसअघि भाइरसका कारण डाक्टर लि वेनलियाङको मृत्यु भएको थियो । लि वेनियाङ कोभिड १९ पत्ता लगाउने डाक्टर थिए ।

चीनमा कोभिड १९ बाट मृत्यृ हुनेको संख्या १ हजार ८ सय ७० पुगिसकेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ७२ हजार ५ सय पुगेको पुष्टि भएको छ ।