उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको हो ।
उत्तर कोरियाली नेता किम जोङ्गले जारी गरेको क्वारेन्टाइनबाट अनुमती बिना बाहिर निस्केर अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ ।
उत्तर कोरियाले अहिलेसम्म कुनै पनि संक्रमितको पुष्टि गरेको छैन । स्रोतले बताए अनुसार उक्त देशमा चीनबाट फर्किएकाहरु र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।




