कोरोना भाइरसबाट मृत्यु हुनेको सङख्या १७७० पुग्यो

चीनमा कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म १७ सय ७० जनाको मृत्यु भएको छ ।

सोमबारमात्र १ सय ५ जनाको मृत्यु भएको हो । हुबेइ र वुहान भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन् । कोरानाको केन्द्रबिन्दु हुबेइ प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरिएको छ । आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ ।

चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।